काठमाडौं । भारतको लद्दाखस्थित कारगिलमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयानुसार २ः५० बजे ५।२ म्याग्निच्युडको धक्का मापन गरिएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको धक्का जम्मु कश्मीरमा पनि महसुस गरिएको थियो । भूकम्पको केन्द्रविन्दु १५ किलोमिटर गहिराइमा थियो ।
वैज्ञानिकले भारतमा यसअघिका भूकम्प, भूकम्पीय गतिविधि र त्यस क्षेत्रको टेक्टोनिक संरचनाका आधारमा भूकम्पीय जोखिम क्षेत्र पहिचान गरेका छन् । बीबीसी हिन्दीबाट ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८