• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल

  • खबरदाता

आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल

आज २०८१ साल फागुन ११ गते आइतबार फागुन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट तपाईंको प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ।

वृष – बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथ मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ।

मिथुन – परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट – हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ। आफ्ना साथीबाट असहयोग हुनेछ। स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने समय आएको छ।

सिंह – शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारसँगको घुमघाम रमाइलो बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। दिन रमाइलो बन्दा मन शान्त बन्नेछ।

कन्या – जिम्मेवारीका नाममा बोझ बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ।

तुला – एकल निर्णयबाट घाटा हुनेछ। साथीसँगको सहकार्यले दिन सफल बन्नेछ। शिक्षा र स्वास्थ्यका लागि दिन राम्रो छ। परिवारसँग छलफल गरेर महत्त्वपूर्ण कामको सुरुवात गर्नु उचित हुनेछ।

वृश्चिक – दिन राम्रो छ। स्वास्थ्यमा सचेत बन्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ। सहयोगी साथीको बहुमतले काम बन्ने योग छ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु – तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। विपक्षीका विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मकर – सञ्चित धन खर्च हुनेछ। पुराना मित्रसँगको भेटले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अन्त्य साढेसाती दशा भएकाले दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ – आम्दानीका स्रोत पत्ता लाग्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन – दिन राम्रो छ। बौद्धिक साथीसँग थोरै बोल्नु उचित हुनेछ। सुरुवाती शनिदेव १२ औं स्थानमा पुगेकाले सञ्चित धन खर्च हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

  • प्रकाशित मिति : फागुन ११, २०८१, आइतवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८