न्युयोर्क – रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि हुन लागेको वार्तामा युक्रेनका राष्ट्रपति भालोडोमिर जेलेन्सीलाई नबोलाइने भएको छ।
रुस र अमेरिकाले गर्न लागेको वार्तामा युक्रेनलाई नबोलाइएको हो। यसअघि नै युक्रेनमा लागि अमेरिकी दूत केइथ केलोगले युक्रेनलाई सहभागी गराइने बताए पनि साउदी अरेबियामा हुने वार्तामा युक्रेनी प्रतिनिधित्व नरहने बिबिसीले जनाएको छ।
सो वार्तामा युरोपेली नेतालाई पनि बोलाइएको छैन। उनीहरु सोमबार फ्रान्सले आयोजना गरेको पेरिस सम्मेलनमा सहभागी हुनेछन्। अमेरिकाले रुस र युक्रेन युद्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि अहिले भिन्नाभिन्नै वार्ता हुन लागेका हुन्।
अमेरिकाका मध्यपूर्व दूत स्टिभ विटकोफ आइतबार नै साउदी अरेबिया गएका छन्। रुसी प्रतिनिधिमण्डलसँगको वार्ताका लागि अमेरिकी विदेश मन्त्री मार्क रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज सहभागी हुनेछन्।
गत बुधवार युद्ध अन्त्यका लागि रुस र अमेरिकाको बिचमा फोन वार्ता भएपछि यो घटनाक्रम अघि बढेको हो। यसपछि युक्रेनी राष्ट्रपति जेलेन्सकीले भने आफ्नो अनुपस्थितिमा भएको वार्ताका निर्णय मान्न बाध्य नभएको बताएका छन्। यस बिचमा अमेरिकाले युक्रेनलाई नाटोको सदस्यता दिन अव्यवहारिक भएको समेत बताइसकेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८