• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

कर्णाली र सुदूरपश्चिममा वर्षा, तीनवटा प्रदेशमा हिमपात

  • खबरदाता

कर्णाली र सुदूरपश्चिममा वर्षा, तीनवटा प्रदेशमा हिमपात

देशका केही स्थानमा आज बदली हुने भएको छ । केही स्थानमा हिमपात र वर्षाको पनि सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ।

तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ । विराटनगरमा बिहान पौने ६ बजेको भिजिविलिटी १०० मिटर छ ।

नेपालगञ्ज र धनगढीको समान दुई हजार मिटर भिजिविलिटी छ । भैरहवाको २५ सय र सिमराको चार हजार मिटर भिजिविलिटी रहेको विभागले जानकारी दिएको छ ।

दिउँसोसम्म तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो हट्नेछ ।

विभागका अनुसार दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म आंशिक बदली हुनेछ । गण्डकी प्रदेशमा बदलीसँगै हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशमा आंशिक बदली मात्र हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपात र वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

यसैबीच, काठमाडौंमा आज दिनभर आंशिक बदली हुनेछ । विभागले बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको जनाएको छ । दिउँसो बढेर २२ देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।

विभागका अनुुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

 

  • प्रकाशित मिति : माघ २२, २०८१, मंगलवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८