• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज पनि सकिएन रबि बिरुद्दको बहस : हाजिर जमानीमा छाड्न अदालतको आदेश

  • खबरदाता

आज पनि सकिएन रबि बिरुद्दको बहस : हाजिर जमानीमा छाड्न अदालतको आदेश

रूपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लगातार तेस्रो दिन हाजिर जमानीमा छाड्न आदेश दिएको छ।

प्रतिवादीका तर्फबाट बहस नसकिएकाले आइतवार पुनः बहसले निरन्तरता पाउने छ। हाजिरी जमानीमा छाड्ने अस्तिको आदेश कायम छ, अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  भने।

बुधवार बयान लिइएको अदालतमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बिहीवार र शुक्रवार थुनछेक बहस भएको हो।

थुनछेक बहसको पहिलो दिन बिहीवार सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएका थिए। शुक्रवार प्रतिवादीका तर्फबाट केही वकिलले बहस गरेका छन्।

लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतवार मुद्दा दर्ता भएको थियो।

  • प्रकाशित मिति : माघ ११, २०८१, शुक्रवार १७:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८