• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने

  • खबरदाता

आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने

आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।

पहिलोपटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

  • प्रकाशित मिति : माघ ८, २०८१, मंगलवार ११:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८