रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ
सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कृष्णलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८