काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले बिहीबार बिहान बस्ने गरी कार्यसमिति सदस्य र मन्त्रीहरूको बैठक बोलाएका हुन् ।
पछिल्लो समय ओली नेतृत्वको सरकारको कामबारे प्रश्न उठिरहेको छ । कांग्रेसकै नेताहरू शेखर कोइराला र एनपी साउदसहितले यहीँ तरिकाले सरकार चलिरहे जनअसन्तुष्टि बढ्दै जाने बताइरहेका छन् ।
सरकार गठनको ६ महिना बितिसक्दा पनि सरकारले परिणाम दिन नसकेको गुनासो जनस्तरमा बढिरहेको छ । यहीँ सन्दर्भमा कांग्रसबिाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समेत कामको समीक्षा गर्ने गरी यो बैठक बस्न लागेको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८