• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

भूमि सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ रोकियो, बाँकी चार जारी

  • खबरदाता

भूमि सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ रोकियो, बाँकी चार जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश अध्ययनका लागि भन्दै रोकेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश २०८१ र लगानी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् ।

संविधाको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यी अध्यादेश जारी गरेका हुन् । तर सरकारले भूमि सम्बन्धी अध्यादेशमा भएका प्रावधानलाई लिएर छलफल गर्नुपर्ने भन्दै राष्ट्रपतिले तत्कालका लागि रोकेको स्रोतले जानकारी दियो ।

सरकारले जग्गा वितरणमा लचिलो प्रावधान राखेका कारण राष्ट्रपति कार्यालयले अध्ययनमा राखेको स्रोत बताउँछ । मन्त्रिपरिषद् बैठकले शुक्रबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको थियो ।

  • प्रकाशित मिति : पुस २९, २०८१, सोमवार १९:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८