• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

लस एन्जलसमा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता

  • खबरदाता

लस एन्जलसमा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता

काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको बीबीसीले जनाएको छ । १६ जना बेपत्ता भएको समाचारमा उल्लेख छ । केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ । जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ ।

बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ ।

हालसम्म सयौँ घर र गाडीहरू जलेका छन् । एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् । हावाहुरीले रुखहरू ढलेका छन् ।

लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । खरानीका सूक्ष्म कण र धुवाँले आकाश ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ ।

  • प्रकाशित मिति : पुस २९, २०८१, सोमवार ०८:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८