• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

  • खबरदाता

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

तपाईंलाई बैंक खाता खोल्न के–के कागजात आवश्यक पर्छ रु बैंकको फारम भरेर नागरिकताको फोटोकपी बुझाएपछि खाता खुलिहाल्छ । एक समय बिजुलीको बिल अनिवार्य गरिएको भए पनि अहिले त्यो अनिवार्य छैन ।

तर, अब भने बैंक तथा वित्तीय संस्थाको ग्राहक बन्नका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएको छ । केन्द्रीय बैंकले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न मातहतका बैंकहरूलाई व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकको यो पहिलो आग्रह भने होइन, उसले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

काठमाडौं उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ ।

विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

  • प्रकाशित मिति : पुस २८, २०८१, आइतवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८