• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तीन वटा अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

  • खबरदाता

तीन वटा अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ।

शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सरकारले भूमि, लगानी र सरकारी कामकाज सेवा प्रवाहसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको ती मन्त्रीको भनाइ छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, कानुन मन्त्री अजयकुमार चौरसिया लगायतले राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श पनि गरेका थिए।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै आलोचना पनि हुँदै आएको छ। यसअघि सरकारले सहकारी सम्बन्धी अध्यादेश पनि ल्याएको थियो।

  • प्रकाशित मिति : पुस २७, २०८१, शनिवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८