• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अदालतमा उपस्थित ऋषिकेशपत्नी अञ्जला

  • खबरदाता

अदालतमा उपस्थित ऋषिकेशपत्नी अञ्जला

विराटनगर– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्‍जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् ।

प्रहरीको फरार सूचीमा रहेकी अञ्‍जला मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी भई रहेको अदालत प्रशासनले जनाएको छ ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालीन संचालक समिति सदस्य रहेका कारण मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्‍जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बित्तकै हाजिर भएकी हुन् । ‘

सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अञ्‍जला पेशाले शिक्षक हुन् । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति पत्नी अञ्‍जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन्।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहँदै आएकी छिन् । ‘भर्चुअल’ माध्यमबाट उनका सांसद पति पोखरेलले विद्यालयमा प्रेषित गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीले अञ्‍जलाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको बताएका थिए ।

  • प्रकाशित मिति : पुस २४, २०८१, बुधवार १२:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८