• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

  • खबरदाता

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग ९एनपीएल० मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ।

आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो।

जनकपुरका कप्तान अनिलकुमार साहले सर्वाधिक ४५ रन बनाए। लाहिरु मिलान्थाले २४ तथा आशिफ शेखले १६ रन बनाए। शुभ कंशाकार २२ रनमा अविजित रहे।

लुम्बिनीका युवा बलर अभिशेष गौतमले ३ विकेट लिए। कप्तान रोहित पौडेल र जाफरले समाज २–२ विकेट लिए।

  • प्रकाशित मिति : मंसिर २३, २०८१, आइतवार ११:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८