• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

  • खबरदाता

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार तीन नेताबीच भेटवार्ता भएको हो।

भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको थियो । सोमबारै बालुवाटारमा तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच करिब तीन घण्टा भेटवार्ता भएको थियो । त्यसपछि सिंहदरबारमा सत्तासाझेदार दलका तीन नेताबीच भेटवार्ता भएको हो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । लगत्तै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता भएको हो । न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : जेठ २१, २०८१, सोमवार १६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८