• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाघको आक्रमणबाट चितवन राप्तीका पौडेलको मृत्यु

  • खबरदाता

बाघको आक्रमणबाट चितवन राप्तीका पौडेलको मृत्यु

मंसिर ८, २०८०

हेटौंडा । मकवानपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवन राप्ती नगरपालिका- १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब सवा १० बजे राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र दोभानमा खर काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर ८, २०८०, शुक्रवार १३:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८