असार ५, २०८०
चितवन — पूर्वी चितवनको रत्ननगर नगरपालिका-१२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार ३३ तोला ५० लाल बराबरका सुनका गहना र नगद दुई लाख ५० हजार रूपैयाँ चोरी भएको छ । दिउँसो पोने १ बजेतिर चोरी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
घटनाको अनुसन्धान र चोर पक्राउ गर्न प्रहरी टोली खटिएको उनले जनाए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८