• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

प्रचण्डलाई विश्वासको मत नदिने कुन-कुन दल हुन् ?

  • खबरदाता

प्रचण्डलाई विश्वासको मत नदिने कुन-कुन दल हुन् ?

चैत्र ६, २०७९

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझ आज सोमबार विश्वासको मत लिँदैछन् । १० पुसमा मात्र प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड पौने तीन महिनामै दोस्रो पटक संसदमा विश्वासको मत लिन लागेका हुन् । २६ पुसमा विश्वासको मत लिँदा प्रतिपक्षी कांग्रेस, एकीकृत समाजवादीले पनि मत दिएका थिए । त्यसकारण उपस्थिति २७० मध्ये २६८ मत उनले पाएका थिए ।

विपक्षमा नेमकिपा र राष्ट्रिय जनमोर्चाको दुई मत मात्र थियो । तर, एमाले र राप्रपा सरकारबाट बाहिरिनुका साथै विश्वासको मत फिर्ता लिएपछि प्रचण्ड आज दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराए ।

यसअघि सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी थिए । सत्तारुढ दलहरूको संख्या पाँच थियो । त्यतिखेर प्रमुख प्रतिपक्ष रहेको कांग्रेस अब सत्तापक्ष बन्दैछ । रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाएबापत नै कांग्रेस सरकारमा जान लागेको हो । यसअघि प्रतिपक्ष रहेका जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी पनि अब सरकारमा जाँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मत दिने निश्चित छ ।

प्रधानमन्त्रीको पक्षमा कांग्रेस ८७ (राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त र टेकबहादुर गुरुङ निलम्बित), माओवादी ३२, रास्वपा १९, जसपा १० (सांसद शहनाज रहमानको निधन भई रिक्त पदमा सिफारिस मञ्जु अन्सारीको शपथ बाँकी र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव नियुक्त भई सांसद पद रिक्त), एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति ४, स्वतन्त्र २ ९प्रभु साह र अमरेशकुमार सिंह० गरी १७० सांसदले विश्वासको मत दिने सम्भावना छ । प्रतिपक्षमा एमाले ७९, राप्रपा १४ र नेमकिपाका १ सांसद गरी ९४ सांसद हुने सम्भावना रहेको छ ।

  • प्रकाशित मिति : चैत ६, २०७९, सोमवार ०६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८