• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक

  • एजेन्सि

अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक

फागुन २७, २०७९

 

अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ।

यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन्।

नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंकलाई बन्द गराएको हो।

पूँजी संकटले अमेरिकी इतिहासमानै वित्तीय संस्था धराशायी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सन् २००८ को वित्तीय संकटपछि वाशिंगटन म्युचुअल असफल भएको थियो।

बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा २ लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरू भने सुरक्षित छन् ।

अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन ९एफडीआईसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ। बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बिमा कम्पनीले फिर्ता दिन्छ।

सन् १९८३ मा स्थापित, बैंक लामो समयदेखि अमेरिकामा आइटी कम्पनीलाई ऋण दिने क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो।

क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुब्ने स्थितिमा आएको हो।

बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।

  • प्रकाशित मिति : फागुन २७, २०७९, शनिवार १५:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८