• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुर्गा प्रसाईंका गतिविधिमाथि गृहले किन गर्दैछ निगरानी ?

  • खबरदाता

दुर्गा प्रसाईंका गतिविधिमाथि गृहले किन गर्दैछ निगरानी ?

फागुन २५, २०७९

 

गृह मन्त्रालयले झापाको व्यवसायी दुर्गा प्रसाईंले थालेको बैंक तथा वित्तीय संस्थाविरुद्धको गैरकानूनी र गलत गतिविधि रोक्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई कडा निर्देशन दिएको छ ।

दुर्गा प्रसाईं साथै वित्तीय संस्था र सहकारीका गतिविधिमाथि गृह मन्त्रालयले निगरानी बढाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरू गरेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै त्यसविरूद्ध विभिन्न कार्यक्रम गर्दै आइरहेका छन्।

मन्त्रालयका सूचना अधिकारी उपसचिव दिलकुमार तामाङका अनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न कार्यक्रममा चर्को भाषण गरिरहेका उनका गतिविधिमाथि सुक्ष्म निगरानी भइरहेको बताउका छन। उनी भन्छन्, ‘दुर्गा प्रसाईंका गतिविधिमाथि निगरानी गरिरहेका छौं। त्यति मात्रै होइन, सहकारी, वित्तीय संस्था आदि सबैको निगरानी गरिरहेका छौँ।’

गत फागुन १ झापामा एक कार्यक्रमको आयोजना गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाले २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्नुपर्ने, त्यसो नगरे बैंकका कर्मचारीलाई कालोमोसो दल्नुपर्ने बताएका थिए । प्रसाईंकै नेतृत्वमा मोसो अभियान पनि चलाइएको छ । ‘ज्यादती गर्ने’ बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि मोसो दल्ने भन्दै चितवनबाट यो अभियान सुरू गरिएको थियो ।

गृहका अधिकारीहरुले प्रसाईंको अभिव्यक्ति र उक्साहटपछि बैंक तथा लघुवित्तका कर्मचारीको सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ।शान्तिसुरक्षामा समेत खलल पुर्याउने अवस्था आएको भन्दै कडा कदम चाल्नसक्ने अधिकार समेत सीडीओहरुलाई दिइएको गृहका अधिकारीहरुले बताएका छन।

  • प्रकाशित मिति : फागुन २५, २०७९, बिहीवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८