• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

लागुऔषध सहित नारायणगढबाट दुई जना पक्राउ

  • खबरदाता

लागुऔषध सहित नारायणगढबाट दुई जना पक्राउ

कात्तिक ३,२०७९

चितवन – लागुऔषध सहित नारायणगढबाट प्रहरीले दुइजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला अरेराज, पुर्वी चम्पारण बस्ने बर्ष २५ को सुमित कुमार प्रसाद र सर्लाही घर भई भरतपुर महानगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने बर्ष १९ को समिर हुसेन रहेका छन।

बिहिवार दिउँसो १२ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १ बाट निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निजहरु बस्ने कोठा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम २७० एम्पुल, फेनार्गन २७० एम्पुल र नुर्फिन २७० एम्पुल गरी जम्मा ८१० एम्पुल फेला परेको थियो। यस सम्बन्धि थप अनुसन्धान भईरहेको छ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७९, बिहीवार १७:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८