• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

अमेरिकामा एकै दिन ४ हजार भन्दा बढीको मृत्यु

  • खबरदाता

अमेरिकामा एकै दिन ४ हजार भन्दा बढीको मृत्यु

पौष २३,२०७७
कोरोना भाइरसको सङ्क्रमणका कारण अमेरिकाको अवस्था झनै भयावह बनेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार १ सय जनाको ज्यान गएको छ । यो हालसम्मको सबैभन्दा खराब कीर्तिमान पनि हो ।

एकै दिन २ लाख ६० हजार नयाँ सङ्क्रमित फेला परेका छन् । यता ब्राजिलको अवस्था पनि एकदमै खराब बनेको छ । ब्राजिलमा एकै दिन १ हजा २६६ जनाको ज्यान गएको छ भने ६२ हजार ५३२ नयाँ सङ्क्रमित थपिएका छन् ।

बेलायतमा १ हजार ४१ तथा जर्मनीमा १ हजार १९ जनाको ज्यान गएको छ । मेक्सिकोमा पनि १ हजार ६५ जनाको ज्यान गएको छ ।

बेलायत लगायत युरोपका धेरै देशमा लकडाउन भइरहेको समयमा भएको यो मानवीय क्षतिले संसारलाई थप चिन्तामा पारेको छ । अमेरिकामा ३ लाख ६९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने ब्राजिलमा निधन हुनेको आँकडा १ लाख ९९ हजार पार गरेको छ ।

२४ घण्टामा ७ लाख ८० हजारको ज्यान गएको छ । वैज्ञानिकहरूले जनवरी महिना एकदमै चुनौतीपूर्ण रहने बत्ताउँदै आएका छन् ।

  • प्रकाशित मिति : पुस २३, २०७७, बिहीवार ०२:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८