पौष २३,२०७७
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हतियार सहित क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्।
जुन बेला अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका थिए।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू अत्याधुनिक हातहतियार सहित क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। एकैपटक हंगामा भएपछी उक्त बहस स्थगित गरिएको थियो ।
ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत गरिरहेका थिए ।सो क्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गर्दै सो कुराहरुको जानकारी गराएकी हुन्।
उनले ट्वीटमा लेखकी थिइन्, राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनस् दोहोर्याउँछौँ।
क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो।
एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो। बिबिसी बाट ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८