• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भारतमा पनि पाइए नयाँ स्वरूपको कोरोना संक्रमित

  • खबरदाता

भारतमा पनि पाइए नयाँ स्वरूपको कोरोना संक्रमित

पौष १५,२०७७

नयाँदिल्ली– कोरोना भाइरसको नयाँ स्वरूपले भारतलाई पनि छोएको छ । बेलायतबाट हालै फर्केका ६ जनामा यो भाइरस फेला परेको हो । संक्रमितमध्ये तीन नमुना बैंगलोर, दुई हैदराबाद र एक पुणेको इन्स्टिच्युटमा पठाइएका थिए । तीमध्ये तमिलनाडु, आन्ध्र प्रदेश र तेलंगानाका एक–एक नमुनामा नयाँ स्वरूपको कोरोना पुष्टि भयो। बाँकी तीन बिरामी कर्नाटकका हुन् ।

नयाँ स्वरूपको कोरोना देखिएपछि केन्द्र सरकारले उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार ९ देखि डिसेम्बरबिच भारत आएका अन्तर्राष्ट्रिय यात्रीहरूमा कुनै लक्षण देखिएमा उनीहरूको जिनोम सिक्वेन्सिङ अनिवार्य गरिएको बताएको छ । केन्द्रीय उड्डयनमन्त्री हरिंदर सिंह पुरीले भारतले बेलायतको उडान खोल्न थप केही दिन हतार गर्न नहुने बताएका छन् ।

नयाँ स्वरूपको कोरोनाबाट संक्रमित सबैलाई सम्बन्धित राज्यहरूमा राज्य सरकारको कोभिड केन्द्रमा छुट्टै कोठामा राखिएको छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा राखिएको छ । नयाँ संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिहरू पनि पत्ता लगाइँदै छ ।२५ नोभेम्बरदेखि २३ डिसेम्बरबिच बेलायतबाट करिब ३३ हजार यात्री भारत आएका छन् । तीमध्ये हालसम्म ११४ जनामा कोरोना पोजिटिभ देखिएको छ । केही थप नमुनामा नयाँ जिनोमबारे अध्ययन गरिँदै छ ।

जिनोम सिक्वेन्सिङमा भाइरसको सम्बन्धी पूर्ण जानकारीबारे परीक्षण गरिन्छ । जिनोम अध्ययन गरेर भाइरसको प्रकार र स्वरूपबारे जानकारी लिइन्छ । भाइरसको स्थुल स्वरूपलाई जिनोम भनिन्छ । भाइरसबारे जानकारी प्राप्त गर्ने विधिलाई जिनोम सिक्वेन्सिङ भनिन्छ । यसकै माध्यमबाट कोरोनाको नयाँ स्वरूपबारे जानकारी संकलन गरिन्छ ।

हाल नयाँ स्वरूपको कोरोना भाइरस बेलायतपछि भारत, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, फ्रान्स, डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स, अस्ट्रेलिया, कनाडा, जापान, लेबनान, सिंगापुरका साथै नाइजेरियामा फेला परिसकेको छ । भास्करका अनुसार दक्षिण अफ्रिकाका बेलायतमा फेला परेको भन्दा भिन्नै किसिमको तर नयाँ स्वरूपको कोरोना भाइरस फेला परेको छ ।रासस

 

  • प्रकाशित मिति : पुस १५, २०७७, बुधवार ०३:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८