• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

७.३ प्रतिशतले खुम्चियो भारतीय अर्थतन्त्र

  • खबरदाता

७.३ प्रतिशतले  खुम्चियो भारतीय अर्थतन्त्र

जेष्ठ १८,२०७८

नयाँदिल्ली  । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ ।

यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ ।

गत आवभरी भने अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर यस अघि गरिएको प्रक्षेपणभन्दा चाँहि कम हो । फेब्रुअरीमा गरिएको दोस्रो प्रक्षेपणमा अर्थतन्त्र ८ प्रतिशतले खुम्चने अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०१९र २० मा भारतीय अर्थतन्त्र ४ प्रतिशतले बढेको थियो । सो वर्षभरि ग्रस भ्यालु एडेड ९जीभीए० भने ६ दशमलव २ प्रतिशतले खुम्चिएको छ ।
जीभीएले अर्थतन्त्रमा भएको वास्तविक वृद्धिको सही तरिकाले मूल्यांकन गर्दछ ।

पहिलो र दोस्रो त्रैमासमा अर्थतन्त्र करीब २४ प्रतिशत र साढे ७ प्रतिशतले खुम्चिएको थियो । तेस्रो त्रैमासमा भने अर्थतन्त्रमा शून्य दशमलव ५ प्रतिशतको वृद्धि देखियो । एजेन्सी

  • प्रकाशित मिति : जेठ १८, २०७८, मंगलवार ००:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८