• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

बीएण्डबी लेकभ्यू अपार्टमेन्टले गर्यो भू लक्ष्मी ग्रुपसंग ‘टेस्ला एयर कन्डिसनर’ आपूर्तिको सम्झौता

  • खबरदाता

बीएण्डबी लेकभ्यू अपार्टमेन्टले गर्यो भू लक्ष्मी ग्रुपसंग ‘टेस्ला एयर कन्डिसनर’ आपूर्तिको सम्झौता

भरतपुर -बीएण्डबी लेकभ्यू अपार्टमेन्टले  भू लक्ष्मी ग्रुप पालिसंग टेस्ला एयर कन्डिसनर खरिदको लागि व्सयापारिक सम्झौता गरेको छ ।

पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कन्डिसनरका लागि बिहिबार  भू लक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका सीईओ किरण आचार्य तथा बी एण्ड बी लेकभ्यू अपार्टमेन्टको तर्फबाट कम्पनीका एमडी स्रोत बिक्रम थापाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

टेस्ला एसीका लागि यो सम्झौता एउटा ठूलो कोशेढुङ्गाको रूपमा रहेको र यसले टेस्ला एसीको होटल तथा रेस्टुरेन्ट व्यवसायका लागि एउटा नयाँ आतिथ्य स्थापित गर्ने कम्पनीका सीईओ किरण आचार्यले बताए । पोखरा आफैँमा एउटा प्रमुख पर्यटकीय गन्तव्य रहेको हुँदा लेकभ्यूमा बन्न लागेको उक्त अपार्टमेन्ट कम्पनीका लागि उच्चस्तरीय परियोजना रहेको उनले बताए।

 

  • प्रकाशित मिति : माघ ११, २०८१, शुक्रवार ०९:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८