• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मौसम : बागमती, गण्डकी र लुम्बिनीमा वर्षा

  • खबरदाता

मौसम : बागमती, गण्डकी र लुम्बिनीमा वर्षा

साउन १२, २०७९

 

आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ।

शुक्रबार देशभर बदली रहनेछ। मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

  • प्रकाशित मिति : साउन १२, २०७९, बिहीवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८