• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मौद्रिक नीतिः बैंकको व्याजदर वृद्धि हुने

  • खबरदाता

मौद्रिक नीतिः बैंकको व्याजदर वृद्धि हुने

साउन ५, २०७९

बैंकिङ खबरर चालु आर्थिक वर्षमा बैंकहरुको व्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा बैंकको व्याजदर वृद्धि गर्न लागेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्न गभर्नर महाप्रसाद अधिकारीले बिहान सवा ८ बजे संचालक समितिको बैठक डाक्नुभएको छ । बैठकले चालु बर्षको मौद्रिक नीति पारित गर्ने छ ।

गभर्नरले चालु बर्ष कसिलो नीति लिनुपर्ने आवश्यकता रहेको जनाउ दिइसक्नुभएको छ । नीतिमा ब्याज दर वृद्धि र केही नियामकीय प्रावधानमा कस्ने जनाइएको छ ।

अनिवार्य तरलता अनुपात सिआरआर ३ प्रतिशतलाई ५-६ प्रतिशत पु¥याउने तयारी रहेको स्रोतले बताएको छ । स्थायी तरलता सुविधा ७ बाट ९ प्रतिशत पुग्ने छ ।

  • प्रकाशित मिति : साउन ६, २०७९, शुक्रवार ०९:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८