• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस एक्लै चुनावमा जान किन डरायो ?

  • खबरदाता

कांग्रेस एक्लै चुनावमा जान किन डरायो ?

साउन ३, २०७९

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि तालमेल गर्ने भएको छ । बाम गठबन्धनको चर्चा चलिरहेको समयमा कांग्रेसले हतारहतार गर्दै पूरानै गठबन्धनलाई कायम राख्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने भने पछि अन्य दललाई पनि निर्णय गर्न बाटो खुलेको छ। कांग्रेसभित्र एक्लै चुनावमा जानुपर्छ भन्ने आवाजलाई दबाइएको छ । सहमतिको आधारमा भातृ संस्थामा नियुक्ति गर्ने भने पछि डा शेखर कोइराला पक्ष पनि चुनावी गठबन्धनको विषयमा चुप लागेको देखियो ।

एक्लै चुनावमा गइयो भने जित्न मुस्किल हुने भन्दै सभापति देउवाले बैठकको समयमा गठबन्धनको विपक्षमा बोल्नेलाई एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका थिए । प्रमुख दल कांग्रेसलाई समेत तालमेलको आवश्यकता परेकाले अन्य दललाई गठबन्धन बैशाखी हुने नै भयो। जसरी हुन्छ सत्तामा पुग्ने रणनीति अन्तर्गत गठबन्धन बनेको देखिन्छ ।

चुनावी तालमेल गरेर जाने विषय लगभग पक्का जस्तै भए पनि सिट बाँडफाँडको कुरा मिल्न बाँकी छ । स्थानीय निर्वाचनको परिणामले साना दलहरु संसदीय निर्वाचनको हालत पनि त्यस्तै पो हुने हो कि भन्ने त्रास कायमै छ ।

काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आचारसंहिता जारी गरी लागूगर्ने निर्णय पनि गरेको छ ।केन्द्रिय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

  • प्रकाशित मिति : साउन ३, २०७९, मंगलवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८