• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सेयर बजारमा उतारचढावको वर्ष

  • खबरदाता

सेयर बजारमा उतारचढावको वर्ष

साउन १, २०७९

 

आर्थिक वर्ष २०७४-०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७४-०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो।

 

२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य तरलताको दबाब परेसँगै घट्न थालेको हो। लगानीकर्ताहरु भने मौद्रिक नीतिका कारण सेयर बजार घटेको बताउँछन् । मौद्रिक नीतिले ४/१२ करोडको नीति लिनु, सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्नु तथा रिस्क वेटेज एभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य तरलता सकेका कारण पनि बजारमा सिँचाइ हुन नसकेको उनको भनाइ छ। साथै, रिस्क वेटेज बढाएर १०० बाट १५० बनाएका कारण पनि सेयर बजारमा लगानीकर्ता हतोत्साही बनेको उनको भनाइ छ । आजको कारोबार दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : साउन १, २०७९, आइतवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८