असार २९,२०७९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइराला पक्षलाई तेस्रो पटक सभापति बन्ने धम्की दिएका छन।
देउवाले हरेक कुरामा आफुलाइ असहयोग मात्र गरेमा विधान संशोधन गरेर फेरि सभापति उठ्ने धम्की दिएका हुन।
कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न मिल्दैन। देउवाको यो दोस्रो कार्यकाल हो।
आज केन्द्रीय समिति बैठकमा देउवाले आफूलाई नजिस्क्याउन आग्रह गरेका थिए।
उनले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताए ।
बैठकमा बोल्दै कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेपछि देउवा कड्किएका थिए । ‘गठबन्धन बने केही उम्मेदवारले जित्लान् तर पार्टी हार्छ’ गौतमको भनाइ थियो, ‘चुनावमा गठबन्धन नगरी पार्टी लड्न्पर्छ ।’ गौतमको भनाइ प्रतिवाद गर्दै देउवाले गठबन्धन नभई पार्टीले कसरी जित्छ भन्दै प्रतिवाद गरेका थिए । ‘तपाईँ आफू जित्नका लागि गठबन्धन चाहिएको छ । तपाईँ गठबन्धन नगरी चुनाव जित्न सक्नुहुन्छ रु’, देउवाको आक्रोश थियो ।
‘मलाई नजिस्क्याउनुस् यस्तै हो भने म विधान संशोधन गरेर फेरि सभापति उठ्छु,’ देउवाले भने, ‘गठबन्धन गर्ने हो। एक्लै बहुमत ल्याउन गाह्रो छ।’
उनले गठबन्धनको विरोध गर्नेलाई एक्लै उठेर जितेर देखाउन चुनौती पनि दिए।
देउवाले भने, ‘फेरि सभापति हुन मलाई रहर छैन तर तपाईंहरूले जिस्क्याउनुभो भने फेरि उठ्न सक्छु।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८