• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कमिसन प्रथालाई निरुत्साहित गर्न भि ग्रुपको ‘घडेरी बजार डटकम’

  • खबरदाता

कमिसन प्रथालाई निरुत्साहित गर्न भि ग्रुपको ‘घडेरी बजार डटकम’

असार २६,२०७९

 

चितवन । अध्ययन गरेर हातमा सर्टीफिकेट भएर के हुन्छर भन्ने प्रश्न नेपालमा धेरै सुन्ने गरिन्छ तर पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले भने घडेरी बजार डटकमको सुरूवात गरेका छन।

एक बर्ष अगाडि मात्र एमविए उत्तीर्ण गरेका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा। लिको माध्यमबाट घडेरी बजार डटकम सुरू गरेका हुन।

घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहित गर्दै खरिद र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले कडेंलले घडेरी बजार डटकम सुरू गरेको बताए ।

यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाइ सम्पतिको सम्पूर्ण विवरण , घर जग्गाको फोटो, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन् । खरिदकर्ताले पनि आफ्नो आवस्यकता र चाहाना बमोजिम घर जग्गा छनोट गरि बिक्रेतासंग कारोबार गर्न सकिने ब्यबस्था मिलाउन खोजिएको संचालक कडेलले भनाइ छ।

आजको व्यस्त समय र प्रविधिको युगमा घरबाटै सबै काम गर्न सकिने र अनलाइनबाटै आफूले चाहेको सामान खरिद विक्रि हुने उनको भनाइ छ । अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्रि गर्न सक्ने सुबिधा पनि उपलब्ध भएको र यसलाई आवश्यकता अनुसार स्तरउन्नति गर्दै लैजाने योजना रहेको कडेंलले बताए।
साथै घडेरी बजारमा गएर घर जग्गा सम्बन्धि समाचारहरू हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ। साथसाथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्ने र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सक्ने व्यवस्था रहेको उनले बताए।

विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालको माध्यमबाट युवा उद्यमीहरू विच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरि भि ग्रुपको अलग अलग आयामहरू संचालन गर्दै आईरहेका छन । त्यसको साथसाथै सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालको माध्यमबाट चितवनमा उदाहरणीय कार्यहरू कपडा बैंक , नियमित सरसफाइ अभियानको कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता , महामारीको समयमा खाद्यान्न वितरण, युवाहरूलाई विभिन्न किसिमका तालिमहरू, जनचेतनामुलक अलग अलग अभियानमा पनि उहाँको सकृय भूमिका थियो ।

घडेरीबजारले पहिलो चरणमा चितवनमा व्यावसायिक करोबर सुरु गर्ने छ भने बिस्तारै नेपालका अन्य जिल्लाबाट सेवा बिस्तार गर्दै जाने संचालकले जानकारी दिए।

  • प्रकाशित मिति : असार २६, २०७९, आइतवार ०७:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८