[ फाेटाे : Delayed girl is handcuffed ]
असार २५,२०७९
चितवन – सामाजिक संजाल फेसबुकमा साथी बनेर २६ लाख भन्दा बढी रकम ठगीको आरोपमा एक महिला पक्राउ परेकी छन।
पक्राउ पर्नेमा पुर्बी नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्वर ११ घर भएकि बर्ष २६ कि सम्भावी पौडेल रहेको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निजले चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ बस्ने बर्ष ५३ का एक पुरुषलाई फेसबुकमा साथी बन्न अनुरोध पठाई साथी भए पश्चात बिस्तारै नजिकिदै गर्दा विभिन्न बाहाना बनाई आफु र आफन्तको नाममा २६ लाख ४५हजार ७ सय रुपैयाँ रकम लिएकि हुन।
रकम लिएपछि पौडेल बिस्तारै सम्पर्क बिहिन भएको र आफु ठगिएको भन्दै पिडितले प्रहरीमा उजुरी गरेका थिए।
पिडितले दिएको जाहेरी दरखास्तको आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८