• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

धादिङ-काठमाडौँ सुरुङमार्गको प्रगति ५६ प्रतिशत

  • खबरदाता

धादिङ-काठमाडौँ सुरुङमार्गको प्रगति ५६ प्रतिशत

असार २२, २०७९

निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।

आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५।५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ ९फिनिसिङ०को काम समेत तिव्रताका साथ अघि बढाएको हो । हालसम्म मुख्य, सहायक सुरुङ वर्किङ अडिट र क्रस प्यासेज गरी ५४ सय ९९ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ। आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ३७ प्रतिशत थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : असार २२, २०७९, बुधवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८