• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नुहाउने क्रममा खोलाले बगाउँदा चितवनमा एक जनाको मृत्यु

  • खबरदाता

नुहाउने क्रममा खोलाले बगाउँदा चितवनमा एक जनाको मृत्यु

असार २०,२०७९

 

चितवन । चितवनको खैरहनी ५ स्थिति ढुम्रे खोलामा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३२ का सुरज बस्नेत रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बस्नेत खैरहनी नगरपालिका वडा नम्बर ५ स्थित बुढ्यौली आफ्नो दिदी भिनाजुको घरमा आईतबार आएका थिए । आज बिहान १० बजे खाना खाएर बस्नेतको भाञ्जा मुकेश पौडेलसंँग ढुम्रे खोलामा नुहाउने क्रममा उनलाई सवा ११ बजे बगाएको थियो ।

उनलाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । बगाएको ठाउंँबाट २०० मिटर तल बस्नेतको शब फेला परेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : असार २०, २०७९, सोमवार १८:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८