• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एसपीपी विवादका बीच प्रधानसेनापति शर्मा अमेरिकामा के गर्दै छन् ?

  • खबरदाता

एसपीपी विवादका बीच प्रधानसेनापति शर्मा अमेरिकामा के गर्दै छन् ?

असार १९, २०७९

 

राजनीतिक तहबाट अमेरिकाले चाहेजस्तो निर्णय गर्न भएन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास र गठबन्धन जनिने सम्झौता गर्न खोजेपछि पार्टीभित्र र बाहिर सबैतिरबाट उनको विरोध भयो । यही प्रकरणमा नेपाली सेनासमेत विवादित बन्न पुग्यो । अन्ततः मन्त्रिपरिषदबाटै एसपीपीमा आबद्ध नहुने निर्णय गर्नुपर्‍यो ।

पृष्ठभूमिमा यी घटना भइरहँदा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण भने पूर्वनिर्धारित तालिकामा कुनै हेरफेर भएन । यतिबेला अमेरिकाको औपचारिक भ्रमणमा छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा नेपाल(अमेरिका सैन्य सहकार्यबारे पनि छलफल भयो । यी भेटघाट, छलफल र वार्ताहरुमा पारस्परिक सम्बन्ध एवं राष्ट्रसंघीय शान्ति मिसनका विविध पक्षमा कुरा भएको जंगी अड्डाले जनाएको छ । यस्ता भ्रमणले द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकको भूमिका तथा हौसला अभिवृद्धि हुने सैनिक मुख्यालयको भनाइ छ ।यति हुँदाहुँदै पनि सेना प्रमुख शर्मा यस्तो समयमा अमेरिका पुगेका छन्, जतिखेर दुई देशबीच सैन्य साझेदारीसम्बन्धी विषय विवादमा परेको छ । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०मा आबद्ध हुन सेनाले पठाएको पत्र सार्वजनिक भएपछि सडकदेखि सदनसम्मै चर्को आलोचना भएको थियो । सेना प्रमुख नै गएर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सैन्य साझेदारीसम्बन्धी सम्झौता नहुने भनी आश्वस्त तुल्याउनुपरेको थियो ।

यही बीचमा मन्त्रिपरिषदले एसपीपीसम्बन्धी प्रस्तावित सम्झौताको प्रक्रियाबाट पछि हट्ने निर्णय गरेको छ । सरकारले अमेरिकी सेनाले प्रस्ताव गरेको एसपीपीमा सहभागी नहुने निर्णय गरेको साता दिनमै प्रधानसेनापति शर्माले गरेको अमेरिका भ्रमण अर्थपूर्ण छ ।हुन त शर्माको यो भ्रमण एसपीपी विवाद सतहमा नआउँदै तय भएको हो । तर यस भ्रमणलाई एसपीपी कार्यान्वयनकै अंगका रुपमा कतिपयले अर्थ्याएका थिए । शर्माको भ्रमणलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राजकीय भ्रमणमा जानेसम्मको तयारी गरिएको थियो । प्रधानमन्त्रीको भ्रमणको विषय अहिले सेलाए पनि प्रधानसेनापति शर्मालाई अमेरिकाले कसरी स्वागत गर्‍यो र यस सिलसिलामा केकस्ता कुराकानी भए भन्नेचाहिँ चासो र जिज्ञासाको विषय छ ।

अनि चीनलाई जसरी हुन्छ चिढ्याउँदै जाने देउवा सरकारको कार्यशैलीले नेपाल भूराजनीतिक द्वन्द्वतिर नराम्रोसँग धकेलिँदै छ । कतै नेपाललाई युक्रेन बनाउन खोजिएको त होइन भन्ने गम्भीर चिन्ता सबैतिर छाइसकेको छ । यस्तो बेलामा नेपाली सेना प्रमुखले अमेरिकामा स्वागत पाउनु र पेन्टागनमा रक्षा वार्ता हुनु सामान्य विषय छैन । राजेन्द्र क्षत्रीका पालामा भएका निर्णय र पत्राचार अहिले सार्वजनिक भएजस्तै प्रभुराम शर्माको अमेरिका भ्रमणको विवरण बाहिर आउन पनि केही समय अवश्य लाग्नेछ ।

  • प्रकाशित मिति : असार १९, २०७९, आइतवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८