• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

न्युरो टिप्न गएकि महिलालाई बाघले लग्यो

  • खबरदाता

न्युरो टिप्न गएकि महिलालाई बाघले लग्यो

 

असार २,२०७९

चितवन – न्युरो टिप्न गएकि एक महिलालाई बाघले आक्रमण गर्दा बेपत्ता भएकि छन।

भरतपुर महानगरपालिका –२७ की रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो । प्रहरीका अनुसार राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएकी वर्ष २३ की बस्नेतलाई बाघले आक्र्र्रमण गरेर बेपत्ता बनाएको हो ।

बिहान करिब ७ बजेतिर घटना भएको थाह पाएपछि इलाका प्रहरी कार्यालय दिव्यनगरकोटोली र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस्नेतको खोजी गर्न निकुञ्जबाट हात्ती मगाइएको छ ।

  • प्रकाशित मिति : असार २, २०७९, बिहीवार ११:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८