• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फेरि मूल्य बढ्यो : पेट्रोलमा ८ , डिजेल र मट्टितेलमा १२ रुपैयाँ

  • खबरदाता

फेरि मूल्य बढ्यो : पेट्रोलमा ८ , डिजेल र मट्टितेलमा १२ रुपैयाँ

जेठ २६,२०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रति लिटर १२ रुपैयाँका दरले मुल्य बढाउने निर्णय गरेको हो ।

मुल्य बढेसंगै पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

  • प्रकाशित मिति : जेठ २६, २०७९, बिहीवार २१:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८