• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रत्ननगरमा रोकी राखेको ट्रकलाई स्कार्पियोले ठक्कर दिंदा ५ घाइते

  • खबरदाता

रत्ननगरमा रोकी राखेको ट्रकलाई स्कार्पियोले ठक्कर दिंदा ५ घाइते

जेठ २६,२०७९

रोकि राखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्किदा ५ जना घाइते भएका छन।

अहिले (बिहिवार ) विहान सवा ४ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ३ स्थिति बेल्सि पुल नजिकै बिग्रेर रोकी राखेको ना ६ ख ५७१९ नम्बरको ट्रकलाई बाराबाट काठमाडौं जाँदै गरेको बिआर ०५ प ९९७४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा स्कार्पियोमा सवार ५ जना घाइते भएका हुन।

घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको, दुबै सवारी साधन ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता नरहरी अधिकारीले जानकारी दिए।

घाइतेको विवरण:

१० – स्कार्पियो चालक बारा कलैया उपमहानगर १ बस्ने अन्दाजी ४२ बर्षको राजिव प्रसाद कुर्मी (अवस्था सामान्य)
२- सोही स्थान घर भएका अन्दाजी ६० बर्षको राम बाबु साह टाउकोमा चोट ( मध्यम
३-  अन्दाजी ६१ बर्ष को महमद बाबु खान ( सामान्य)
४- अन्दाजी ४० बर्षकी सिला देवी साह ( सामान्य)
५०बारा जिल्ला महागढीमाई नगरपालिका १० बस्ने अन्दाजी बर्ष ३२ को रामजी प्रसाद साह ( सामान्य)

  • प्रकाशित मिति : जेठ २६, २०७९, बिहीवार ०७:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८