जेठ २५,२०७९
चितवन – सेफ्टी टंकी सफा गर्ने क्रममा टंकी भित्र खसेर दुई जनाको मृत्यु भएको छ।
जिल्लाको भरतपुर महानगरपालिका १९ को तमुटोल स्थिति राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।
बुधबार साँझ साढे ६ बजेको समयमा टंकी सफा गर्ने क्रममा कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ९ बस्ने बर्ष २४ को छतिराम थारु अचानक चिप्लिएर टंकी भित्र खसेको र निजलाइ निकाल्न संगै काम गरिरहेका भिनाजु नाता पर्ने सोही स्थान बस्ने बर्ष २३ को राम चौधरी थारुलाई निकाल्न टंकी भित्र पसेकोमा दुबै जनाको मृत्यु भएको चितवन प्रहरी प्रबक्ता नरहरि अधिकारीले जानकारी दिए।
घटना थाहा पाउना साथ नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोलीले मृत्यु भएका दुबैजनाको शब निकाली पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पताल पठाईएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८