जेठ २५,२०७९
भरतपुर -जन्ती सवार बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ सब्जीमन्डीमा बुधबार साँझ करिब ५ बजेको समयमा जन्ती बस अनियन्त्रित भई दुर्घटना हुँदा १९ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।
जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भई पल्टिदा बसका चालकसहित १९ जना घाइते भएका हुन।
घाइते हुनेहरुमा खैरहनी ५ का ७४ वर्षीय मंगरा महत्तो, खैरहनी १० का २० वर्षीया सकिना चौधरी, ५४ वर्षीया चनु महत्तो, भरतपुर २२ बस्ने २१ वर्षीया बिसिका चौधरी, भरतपुर १० बस्ने १८ वर्षीय प्रनिश चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, रत्ननगर अस्पताल टाँडीमा उपचाररत घाइतेहरुमा बसका चालक खैरहनी(९ का ३१ वर्षीय रमेश शिवाकोटी, खैरहनी ९ का २० वर्षीया संजिला चौधरी, १६ वर्षीया दिपीशा चौधरी, २७ वर्षीया सबनम चौधरी, खैरहनी १० बस्ने ६३ वर्षीय बिसुराम महत्तो, राप्ती ६ बस्ने ४० वर्षीया स्पमिनिया चौधरी, नवलपुर कावसोती १३ बस्ने वर्ष ४३ का सावित्री खरेल, रत्ननगर ४ बस्ने वर्ष ४८ का पवनी महत्तो, खैरहनी ७ बस्ने वर्ष १६ का कशिष चौधरी, खैरहनी १० बस्ने वर्ष २२ का प्रिति चौधरी, खैरहनी ६ बस्ने वर्ष ३२ का सुलोचना चौधरी, खैरहनी १० बस्ने वर्ष १७ का सपना चौधरी, वर्ष ९ का जोन चौधरी र वर्ष १४ का आकृति चौधरी रहेका छन् ।
चालक शिवाकोटीलाई सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८