• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यी तीन किसिमका सवारीसाधनले लगाउनु पर्नेछ साउन १ सम्म इम्बोस्ड नम्बर

  • खबरदाता

यी तीन किसिमका सवारीसाधनले लगाउनु पर्नेछ साउन १ सम्म इम्बोस्ड नम्बर

जेठ २४,२०७९

यातायात व्यवस्था विभागले आगामी साउन १ गतेसम्म गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको छ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै साउन १ गते अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताए।

महानिर्देशक नमराजका अनुसार जसले गत मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेका छन्, उनीहरूले साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।

त्यस्तै, गत फागुन १ गतेभन्दा पछाडी पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। गत जेठ १ गतेपछि नवीकरणका लागि गएकारूले पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।

  • प्रकाशित मिति : जेठ २४, २०७९, मंगलवार १७:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८