• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भैरहवा जाँदै गरेको बस रोहिणि नदिमा खस्दा ९ जनाको मृत्यु

  • खबरदाता

भैरहवा जाँदै गरेको बस रोहिणि नदिमा खस्दा ९ जनाको मृत्यु

जेठ २२,२०७९

रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ।

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो ।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

  • प्रकाशित मिति : जेठ २२, २०७९, आइतवार ०६:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८