• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौंका मेयर र उपमेयर सिसडोल र बञ्चरेडाँडामा थुप्रिएको फोहोरमाथि सफलता खोज्दै

  • खबरदाता

काठमाडौंका मेयर र उपमेयर सिसडोल र बञ्चरेडाँडामा थुप्रिएको फोहोरमाथि सफलता खोज्दै

जेठ २१,२०७९

 

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल पदभार ग्रहण गरेको दिनदेखिनै उपत्यकाको फोहोरको दीर्घकालीन समाधानमा जुटेका छन् । त्यसका लागि उनीहरु कहिले नुवाकोटको सिसडोल त कहिले धादिङको बञ्चरेडाँडमा पुग्ने गरेका छन् ।

भनौं भने अहिले उनीहरुको दिनचर्या डम्पिङ साइटका स्थानीय वासिन्दाको माग सुन्दैमा वित्ने गरेको छ । हुन पनि हामीलाई केही दिन घर अगाडि फोहोर थुप्रिदा दुर्गन्धले असर गर्छ भने वर्षौंदेखि आफ्नो घर आँगन छेवैमा फोहोर खन्याउँदा त्यहाँका स्थानीय वासिन्दाको स्वास्थ्यमा असर नगर्ला भन्न सकिँदैन ।

त्यसैले त उनीहरुले त्यहाँ पुगेका महानगरपाकिाका प्रमुख र उपप्रमुुखलाई स्थानीयवासीले शिक्षा,स्वास्थ्य,रोजगारी र सडक निर्माणको माग पूरा गरेको खण्डमा कहिल्यै विरोध गर्ने आश्वासन दिएका छन् । यी मागहरु पूरा गर्न महानगरपालिका एक्लैले मात्र सम्भव छैन। यसका लागि मन्त्रिस्तरिय निर्णय हुन आवश्यक छ।

यसै विषयमा मेयर बालेन्द्र साहले मन्त्री रामकुमारी झाँक्रीसँग भेटेर सहयोगको आग्रह गरिसकेका छन् । काठमाडौंको सबैभन्दा ठूलो समस्याको रुपमा रहँदै आएको फोहोर व्यस्थानपन गर्न सके राजधानीवासीले मेयर र उपमेयरको गुण कहिल्यै विर्सने थिएनन् ।

त्यतिमात्र कहाँ हो र उनीहरु समेत सफल मेयर र उपमेयरको रुपमा परिचित हुने मौका मिल्थ्यो । फोहोरलाई मोहरको रुपमा परिणत गर्ने योजना बुनेका छन् ।

माला,टिका,खादालाई सफलता पछि पहिरिने भनेर मिसनमा हिँडेका नवनिर्वाचित मेयर साहका लागि सफलतासँग जोडिएको चुनौती हो ।

यसअघिका महानगरका पदाधिकारीबाट केवल आश्वासनमात्र पाएका स्थानीयवासी भने यसपटक युवा जोसजाँगरले भरिएका मेयर तथा उपमेयरबाट वर्षौंदेखि पूरा हुन नसकेका आफूहरुका मागहरु पूरा हुनेमा विश्वस्त छन् ।

संकलित फोहोरबाट बिजुली, ग्याँस, कोइला र कम्पोस्ट मललगायत आदि उत्पादन गर्ने भनिएको छ ।

  • प्रकाशित मिति : जेठ २१, २०७९, शनिवार ०५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८