जेठ १९,२०७९
पुर्बी पश्चिम् राजमार्ग अन्तर्गत चितवनको खैरहनी ९ स्थिति सिमलटाँडीमा कारले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटना मोटरसाइकल चालक कालिका ४ घर भइ हाल खैरहनी बस्ने बर्ष २१ का बिकाश गुरुङ रहेको प्रहरीले जनाएको छ।
बुधबार राती ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको जे एच ओ १ डि एस ७७३९ नम्बरको ईण्डियन कारले विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३(००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा सवा ९ बजे मृत्यु भएको र सो सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८