• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचण्डलाई पौडेलको जवाफ : जनताका लागि काङ्ग्रेस त्याग गर्न तयार छ

  • खबरदाता

प्रचण्डलाई पौडेलको जवाफ : जनताका लागि काङ्ग्रेस त्याग गर्न तयार छ

जेठ १८,२०७९

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले हार व्यहोर्न तयार रहेको बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै पौडेलले राष्ट्र, जनता र न्यायका पक्षमा कांग्रेसले लड्न नछाड्ने बताए।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आज कमलपोखरीमा आयोजित प्रशिक्षणमा प्रचण्डले दम्भ र अहंकार गरे एमालेलाई जस्तै गरी कांग्रेसलाई ठेगान लगाउन सकिने चेतावनी दिएका थिए।

यसतर्फ लक्षित गर्दै पौडेलले आज अपरान्ह ट्वीट गर्दै भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’

  • प्रकाशित मिति : जेठ १८, २०७९, बुधवार १७:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८