जेठ १७,२०७९
चितवन – घरायसी विवादमा श्रीमानले कुटपिट गर्दा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार राती उन मृत्यु भएको जनाएको हो ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की ती महिलालाइ उनकै श्रीमान ४० बर्षका रामचन्द्र माझीले <span;>मादक पदार्थ सेवन गरी जेठ १२ गते कुटपिट गर्नुका साथै योनी भित्र औला छिराई पाठेघर बाहिर तानि चोट पुर्याएका थिए ।
उनका श्रीमानलाई फक्राउ गरी ज्यान मार्ने उद्योग तथा जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको चितवन प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले जानकारी दिए । जवरजस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८