जेठ १६,२०७९
बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ।
आज (सोमबार) दिउँसो ४ बजेको समयमा जिल्लाको राप्ति नगरपालिका १ स्थित चितवन राष्टिय निकुञ्ज भित्र घाँस काटने क्रममा सोही ठेगानामा बस्ने बर्ष ५५ की सोतिमाया तामाङलाई जंगली बाघले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ।
अहिले प्रहरीले घटनास्थल तथा लासको जाँच मुचुल्का तयार गरि थप अनुसन्धान गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८