• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

वीरगञ्ज महानगरको मेयर र उपमेयरमा गठबन्धन विजयी

  • खबरदाता

वीरगञ्ज महानगरको मेयर र उपमेयरमा गठबन्धन विजयी

 

जेठ १०, २०७९

 

वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा०का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् ।

 

सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले विजयी भएका छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी छ । वीरगञ्ज महानगरका ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा काँग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

  • प्रकाशित मिति : जेठ १०, २०७९, मंगलवार ०९:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८