• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज साँझ सम्म भरतपुरका संबेदनसिल क्षेत्रमा विद्युत आपूर्ति हुने

  • खबरदाता

आज साँझ सम्म भरतपुरका संबेदनसिल क्षेत्रमा विद्युत आपूर्ति हुने

जेठ ७,२०७९

 

चितवन – शुक्रबार साँझदेखि अबरुद्ध भएको विद्युत सेवा आज साँझबाट केहि स्थानहरुमा सुचारु हुने भएको छ।

बेलुका करिब ७ बजेदेखि अहिले सम्म संबेदनसिल मानिएका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, खानेपानी , दुरसचार , मतगणना स्थलमा लगायतका स्थानहरुमा विद्युत सुचारु गर्न लागिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

शुक्रबार आएको हावाहुरीका कारण अहिले सम्म भरतपुरका सबै स्थानहरुमा विद्युत आपूर्ति बन्द छ।

अहिले भरतपुरमा विद्युत प्राधिकरणका ४ टोलीले काम गरिरहेको र अन्य स्थानहरुमा पनि चाडैं विद्युत आपूर्ति सहज गर्न प्राधिकरण लागि परेको उनले बताए ।

शुक्रबार एक्कासि आएको हावाहुरिका कारण चितवन ४ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए।

  • प्रकाशित मिति : जेठ ७, २०७९, शनिवार १८:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८